ऋषिङ गाउँपालिकाको बजेट ५५ करोड २५ लाख

दमौली : तनहुँको ऋषिङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ५५ करोड २५ लाख २८ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

आइतबार १३ औँ गाउँ सभामा उपाध्यक्ष गिनु माया थापाले आगामी वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजन गरेकामा सङ्घीय समानीकरणबाट रु नौ करोड सात लाख, राजश्व बाँडफाटबाट रु दश करोड १४ लाख चार हजार, सशर्त अनुदानबाट रु २३ करोड ४१ लाख रहेको छ ।

प्रदेश सशर्त अनुदानबाट रु ६० लाख, विशेष अनुदानबाट रु ७५ लाख, सशर्त अनुदान पुँजीगतबाट रु एक करोड नौ लाख र समानीकरणबाट रु एक करोड २६ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?