कास्कीको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प

पोखरा : कास्कीको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर  ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?