प्रचण्डको नारा लगाउँदै सकियो माओवादी बैठक

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सकिएको छ ।

आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधनसँगै बैठक सकिएको हो ।

समापनका क्रममा केन्द्रीय सदस्यहरूले ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम, लालसलाम’को नारा लगाएका थिए ।

बैठक समापन गर्दा महासचिव देव गुरुङले केही नारा लगाएका थिए । जसमा केन्द्रीय सदस्यले सामूहिक रूपमा ‘जिन्दावाद’ भनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?