जोशीद्वारा आइसिसि उपाध्यक्षमा उम्मेदवारी दिने तयारी

दमौली : गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्षमा  तनहुँको दमौली घर भई अष्ट्रेलिया बस्दै आएका दिनेशराज जोशीले  उम्मेदवारी दिने तयारी गरेका छन् ।

एनआरएनए अष्ट्रेलियाको विभिन्न अभियानमा निरन्तर सक्रिय रहँदै आएका जोशी वर्तमान एनआरएनए ओसीयाना रिजनका क्षेत्रीय संयोजक, पूर्व अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य र एनआरएनए अष्ट्रेलियाको सल्लाहकार समेत हुन ।

तनहुँ समाज अष्ट्रेलियाका वरिष्ठ सल्लाहकार रहेका जोशी नेपाली कांग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक पनि हुन। एनआरएनएभित्र राजनीति गर्न हुँदैन भन्ने मान्यता राख्ने जोशीले अहिलेको एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा आफ्नो छुट्टै समूहलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

जोशीले आफूले उम्मेदवारी घोषणाको तयारी गरेको बताएका छन । आफू कुनै पदमा नरहँदा पनि समाजिक कार्यमा लागि परेको उनले बताएका छन् । अन्तर्राष्ट्रिय समन्वय परिषद विभिन्न देशहरुको एनआरएनए प्रतिनिधि मण्डलहरुले प्रतिनिधित्व गर्ने साझ परिषद हो । जोशी नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?