दमौली : नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यमा तनहुँबाट १३ जना मनोनित भएका छन् ।
सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य मनोनयन गरेका हुन् ।
केन्द्रीय सदस्यमा मनोनित हुनेमा एलिजा ढकाल, राजेशकुमार श्रेष्ठ, सुनिल मिश्र, पूजन गन्धर्व, दुर्गा भण्डारी रहेका छन् ।
त्यस्तै, विश्वनाथ मिश्र, बमबहादुर थापा, मनिष अर्याल, मनिषा मिश्र, लोकेन्द्र थापा, विवेक बॉनिया, प्रेम अर्याल र ताराबहादुर थापा रहेका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?