दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्ड अबरुद्व भएको छ ।व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मंङगलबार दिउँसो दुवै तर्फका सडक भाँसिदाँ अबरुद्व भएको हो ।
पृथ्वीराजमार्ग एकतर्फी संचालन आएपनि राजमार्ग भएर गुड्ने सयौं सवारीसाधानहरु रोकिन पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक राजिव विष्टले जानकारी दिए। घट्नास्थलमा पुगेका प्रहरीले सडक सुचारु गर्न समय लाग्ने देखिएको आफुलाई जानकारी दिएको उनले बताए ।
साथै निर्माणाधीन आँबुखैरेनी–जामुने–कोत्रे सडकखण्डमा वर्षातको पानीका कारण ठाउँ–ठाउँमा साना तथा ठूला पहिरो जाने, सडक भासिने र सवारी साधन फस्ने समस्या रहेको रहेको तनहुँ प्रहरीले जनाएको छ ।
ठुला सवारीसाधान आवत जावतमा समस्या हुने देखिएकाले संम्भव भएसम्म बैकल्पीक मार्ग प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?