मुग्लिन : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वर्षाका कारणले पटक–पटक अवरुद्ध हुने गरेको नारायणगढ–मुग्लिन सडकमा र्यापिड एक्सन टिम (आरएटी) खटाएको छ ।
पहिरोका कारण अलपत्र परेका यात्रुहरुलाई सहजीकरण गर्दै यात्रालाई सहज बनाउन सो टिम खटाइएको पार्टीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार टिममा झण्डै ५० जना युवाहरु खटिएका छन् । प्रदेशका संयोजक विजय गुप्ताको नेतृत्वमा खटिएका युवाहरु वर्षाभर सडकमा रहने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्दै खटिएको टोलीले मुग्लिङ–नारायणगढ सडक खण्डमा जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न कालीखोलालगायतका विभिन्न स्थानमा सहजीकरण गरिरहेका छन् ।
फोटो: मुग्लिन बजार फेसबुक पेज








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?