बझाङमा भूकम्प गयो

काठमाडौं : बझाङमा भूकम्पको धक्का महसूस गरिएको छ । बिहीबार राति ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि गत साउन ३ गते कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?