अपाङ्गता भएका व्यक्तिहरुले जिसस तनहुँको कार्यालयमा पनि गरे तालाबन्दी

दमौली :  जिल्ला समन्वय समिति तनहुँको कार्यालयमा कार्यालयमा तालाबन्दी गरिएको छ ।  अपाङ्गता भएका व्यक्तिहरुले व्यास नगरपालिका–३ विपी वनवाटिकामा निर्माणाधीन सभाहललाई अपाङ्गतामैत्री बनाउन माग गर्दै तालाबन्दी गरिएको हो ।

संघर्ष समितिका संयोजक मदन पौडेल र राष्ट्रिय अपाङ्ग महासंघ गन्डकी प्रदेशका सचिव कृष्णप्रसाद अधिकारीले जिससमा तालाबन्दी गरेका हुन् । उद्घाटनको चरणमा रहेको भवन अपाङ्गतामैत्री नभएकाले सोही माग गर्दै तालाबन्दी गर्नुपरेको संयोजक पौडेलले बताए ।

यस अघि उनीहरुले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । हिजो मात्रै उनीहरुले निर्माणाधीन जिल्ला सभागृहमा ताला तालाबन्दी थिए  ।

सभागृह अपाङ्गतामैत्री बनाउन माग गर्दै संघर्ष समितिले गत साउन १० गते  जिल्ला समन्वय समितिलाई  ज्ञापनपत्र बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?