दमौली : तनहुँका निवासी साहित्यकार आकाश अधिकारीलाई “शक्ति पुरस्कार“ प्रदान गरिने भएको छ ।
रण स्मृति पुरस्कार सस्था बागलुङबाट प्रदान गरिने २०८० को पुरस्कार अधिकारीलाई दिने निर्णय गरिएको हो । सस्थाका अध्यक्ष काजी रोशनको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको जनाएको छ।
पुरस्कार भाद्र २० गते बाल मन्दिर आधारभूत विद्यालय बागलुङमा प्रदान गरिने भएको छ । साहित्यमा आकाश अधिकारी लेख्ने गरेपनि उनको वास्तविक नाम बालहरी अधिकारी हो ।
अधिकारी गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको अध्यक्ष समेत हुन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?