सुन तस्करी प्रकरण : थप एकजना पक्राउ

काठमाडौं : सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । शिवकुमार सराफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई सुन ओसारपसारमा भूमिका खेलेको आरोपमा पक्राउ गरिएको हो ।

उनीसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले  बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?