बाँकेमा बस दुर्घटना : सातजनाको मृत्यु

काठमाडौं : बाँकेमा भएको बस दुर्घटनामा सातजनाको मृत्यु भएको छ । कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको दुर्घटनामा ३० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५ वर्षीय चानुराम थारु, वडा नं ८ का ४५ वर्षीय जुगबहादुर चन्द र नामथर नखुलेका गाडीस्टाफ ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीका अनुसार घाइतेहरूको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?