पूर्वमन्त्री दुर्गा श्रेष्ठलाई पतिशोक

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँका पूर्व अध्यक्ष एवं पूर्वमन्त्री दुर्गा श्रेष्ठलाई पतिशोक परेको छ ।

व्यास नगरपालिका–२ मालपोतलाइन निवासी रेशमलाल श्रेष्ठको ७३ बर्षको उमेरमा निधन भएको हो । शुक्रबार साँझ हृदयघातका कारण काठमाण्डौंमा मृत्यु भएको श्रेष्ठ परिवारजनले जनाएका छन् ।

श्रेष्ठको स्वास्थ्यमा अकस्मात समस्या आएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँका बिनोद घर्तीले जानकारी दिए ।

उनको निधनले राप्रपा तनहुँलाई अतुलनीय क्षति भएको  जनाएको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?