गृहमन्त्रीलाई धरानका मेयरको पत्र: डीएसपी मल्लले भनेको टेरेनन्, तुरुन्त सरुवा गरिदिनू

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र लेखेका छन्।

मेयर साम्पाङले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्ललाई तत्काल सरुवा गरिदिन माग गर्दै गृहमन्त्री श्रेष्ठलाई पत्र लेखेका हुन्।

बुधबार भदौ २७ गतेको मितिमा आवश्यक कारवाही शीर्षकमा पठाइएको पत्रमा ‘इलाका प्रहरी कार्यालय, धरानमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज मल्लले स्थानीय सरकारले भनेको नमान्ने, पत्र नपठाइ केही गर्न नमान्ने, ढुंड्डा गिट्टी तस्करलाई प्रकाउ गर्न जान नमान्ने, स्थानीय शान्ति सुरक्षामा केही नगर्ने, स्थानीय सरकारको सुरक्षा गर्न नसक्ने…,’ मेयर साम्पाङले भनेका छन्, … सार्वजनिक जग्गा अतिक्रमण तस्करको अराजकता गतिविधि रोक्न प्रहरीको सहयोग माग्दा समयमा कहिले नआउने, ढिलो आएर पर बसेर मुकदर्शक बन्ने…’,
मल्लमाथि उनले आफूलाई गाली बेइजती र आक्रमण गर्न खोज्ने मान्छेलाई प्रकाउ गरी छानबिन गर्न नमानेको आरोप पनि लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?