काठमाडौं : नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु भएको हो ।
शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले बताएको छ । “हिजोबाट मनसुन बाहिरिन सुरु भएको छ । पश्चिमबाट क्रमशः मनसुन पूर्वतर्फ सरिरहेको छ,” मौसमविद् सञ्जिव अधिकारी भन्छन्, “पश्चिमबाट पूर्वतर्फ सर्दै नेपालबाट मनसुन बाहिरिने हो ।”
आज कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा वर्षा भइरहेकाले आजै यी क्षेत्रबाट मनसुन बाहिरिने सम्भावना नरहेको उनी बताउँछन् । “आज लुम्बिनी प्रदेशबाट पनि मनसुन बाहिरिने सम्भावना छैन किन भने लुम्बिनीका भू–भागमा वर्षा भइरहेको छ,” मौसमविद् अधिकारीले भने ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?