मुख्यमन्त्री कार्यालयका सहायक हवल्दारसहित तीन जना चितुवाको छालासहित पक्राउ

धनगढी : चितुवाको छालासहित धनगढीबाट तीन जना पक्राउ परेका छन्।

कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बाट चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको हो।

करन बहादुर चन्द, बाजुराको गौमुल गाउँपालिकाका २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगाका ३० वर्षीय हेमराज जोशी रहेका छन्।

पक्राउ परेकामध्ये चन्द सहायक हवल्दार हुन्। उनी मुख्यमन्त्री कार्यालयमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट ६ किलो ७४० ग्राम चरेश पनि बरामद गरिएको छ। प्रहरीले बरामद गरेको चितुवाको  छालाको उचाई ७ फिट ६ इन्च रहेको छ भने चौडाई १ फिट १० इन्च रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?