पोखरा : पोखरा नदीपुरमा घाँस काट्ने क्रममा भीरबाट लडेर अभिनेता प्रकाश घिमिरे घाइते भएका छन् । शुक्रबार बिहान ९ः३० बजे नदीपुर–३ मा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि सामाजिक संजालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै घिमिरेको स्वास्थ्य लाभको कामना गरेका छन् ।
मेयर आचार्यले अभिनेता घिमिरेलाई आकस्मिक उपचार कक्षमा राखिएको जनाएका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?