इलाममा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु, एक घाइते

काठमाडौं : इलाममा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

इलाम नगरपालिका–१२, साङरुम्बामा मंगलबार छिमेकीको बारीमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रुखमा रहेको अरिंगालले टोकेको थियो।

मृत्यु हुनेमा स्थानीय ३० वर्षीय सन्तोष लिम्बू रहेका छन् । अरिंगालले टोकेर घाइते भएका उनको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरिंगालले टोकेर घाइते भएका ५९ वर्षीय यामबहादुर लिम्बूको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?