काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार आज बिहान १ः२२ बजे ४ म्याग्नेच्युड र बिहान ४ः५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो।
शुक्रबार राति ११ः४७ बजे रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएयता सोही स्थानलाई केन्द्रबिन्दु बनाई आधा दर्जन बढी पराकम्पनहरू गइरहेका छन्।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?