दमौलीमा हल्का वर्षा

दमौली : तनहुँको सदरमुकाम दमौलीमा शनिबार दिउँसो हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसारदमौली सहित  विभिन्न स्थानमा हल्का वर्षा भएको हो ।

मौसमी प्रणाली क्रमिक रूपमा सुधार आई आइतबारदेखि मौसम सफा हुँदै जाने महाशाखाले जनाएको छ ।

आज बिहान लुम्बिनी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भएको थियो भने दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै र बाँकी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले बदली र वर्षा गराएको महाशाखाले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?