जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

काठमाडौं : जाजरकोटमा भूकम्पको परकम्प मापन गरिएको छ ।

मंगलबाल राति ९:१५ बजे जाजरकोटको पइन्क आसपास ४ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जाजरकोटमा कार्तिक १७ गते राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

जसबाट १५४ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?