सिन्धुली : सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । दुधौली नगरपालिका(१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालका अनुसार बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको डीएसपी दाहालले बताए ।
बेहोस अवस्थामा भेटिएका विमललाई जिल्ला अस्पताला पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको थियो ।
उनको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमै रिखएको छ ।
मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?