पोखरा : इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ ।
इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आजदेखि युद्ध विराम हुने जनाएको हो ।
चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । त्यसपछि इजरायलले आफ्नो जेलमा रहेका १ सय ५० जना प्यालेस्टेनीलाई रिहाइ गर्नेछ ।
कतारका अनुसार हमासले बन्धक बनाएकामध्ये १३ जना आजै रिहाइ हुने छन्







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?