काठमाडौं : प्रहरीले दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई पक्राउ गरेको छ । थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
प्रसाईंका स्वकीय सचिव थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन् । सोमबार गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए ।
पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?