काठमाडौं : रुसमा पुगेर त्यहाँ सेनामा भर्ती भएका तीन नेपालीको मृत्यु भएको छ ।
रुसी सेनामा कार्यरत रहेकै अवस्थामा स्याङ्जाको पुतली बजार नगरपालिका–५ ठूलास्वाँराका पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका– ६ स्थित सुनारपानीका राज कुमार रोका र इलामको इलाम नगरपालिका–५ का गंगाराज मोक्तानको मृत्यु भएको हो ।
उनीहरुको गत कार्तिक २९ गते तिहारको भाइटिकाको दिन मृत्यु भएपनि परिवारजनले हालै मात्र खबर पाएका छन् । उनीहरुको मृत्युको खबर रुसी सेनाको अधिकारीबाट टेलिग्राम मार्फत प्राप्त भएको मस्कोस्थित नेपाली राजदुताबासले जनाएको छ ।
दुताबासले जानकारी पाएपछि नेपाली कन्सुलरलाई उनीहरुको मृत्युको बारेमा पत्राचार गरेको हो ।
दोलखाका अन्दाजी ३५ वर्षीय राजकुमार रोकाको यसअघि नेपाल प्रहरीमा थिए । उनी पेन्सन जागिर छाडेर दुई महिना अघि रुस गएका थिए । अन्यकाे थप विवरण प्राप्त भइसकेको छैन ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?