मगर विद्यार्थी संघ गण्डकीको संयोजकमा तनहुँका बुद्व

दमौली : नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको संयोजकमा तनहुँका बुद्व गर्जा मगर चयन भएका छन् ।

शुक्रवार रोल्पाको थबाङमा बसेको मगर विद्यार्थी संघको केन्द्र समितिले प्रदेश संयोजकमा बुद्वलाई चयन गरिएको हो ।

केन्द्रिय सदस्य समेत रहेका ऋषिङ गाउँपालिका -१ झापुटार निवासी बुद्वले आगामी दिनमा गण्डकी प्रदेशका सबै मगर समुदाय संग समन्वय गरेर विद्यार्थी क्षेत्रमा अझ प्रभावकारी रूपमा काम अगाडि बढाउने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?