काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जको सुखिभार क्षेत्रबाट ध्रुबे हात्तीलाई सोमबार नियन्त्रणमा लिइएको छ ।
सोमबार अपराह्न डार्ट गरेर धुर्बेलाई समातिएको हो । डार्ट गरेर लट्ठिएको हात्तीको घाँटीमा रेडियो कलर जडान गरिएको छ ।
बस्तीमा छिरेर घर भत्काउन थालेपछि धुर्बेका गतिविधि निगरानी गर्न रेडियो कलर जडान गरिएको हो । अब धुर्बेको गतिविधि हेरेर स्थानीयलाई सचेत गराउन सकिने छ ।
धुर्बेले माडी र जगतपुर क्षेत्रमा घर भत्काउने गरेको थियो ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?