पोखरा : पोखराको नैना दोहोरी साँझमा आगलागी हुँदा करिव ६० लाख बराबरको क्षति भएको छ ।
पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित नैना दोहोरी साँझमा आज बिहान विद्युत सर्ट भएर आगलागी भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले सञ्चालन गरेको नैना दोहोरी साँझमा विद्युत सर्ट भएर आगलागी हुँदा विभिन्न बैङ्कहरुको १३ लाख बराबरको चेक, ५० हजार नगद र अन्य जिन्सी सामानहरु जलेको वडा प्रहरी प्रहरी कार्यालय बैदामले जनाएको छ ।
अहिले आगलागी प्रहरीले नियन्त्रणमा लिएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?