स्याङ्जा : स्याङ्जाको वालिङ् नगरपालिका-१४ मान्खुका युवा हरिप्रसाद अर्यालको रुसमा युद्धको क्रममा मृत्यु भएको छ ।
नेपाली सेनामा भर्ती भएको तीन वर्षमा नै अर्यालले उक्त जागीर छोडेर रुसी सेनामा भर्ती भएको परिवारले जनाएको छ । दुबईमा केही समय बसेर गत कार्तिक ३ गते दुबई हुँदै रुस गएका २३ वर्षीय उनको युद्धको क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वालिङ् नगरपालिका-१४ को वडा कार्यालयलाई परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागले मंगलबार दिउँसो अर्यालको निधनको खबर गरेपछी उनका परिवारलाई सूचना दिइएको सोही वडाका वडा अध्यक्ष बोधराज कुँवर(राजु)ले बताए ।
डिसेम्बर ३ मा घटना घटेपनी डिसेम्बर २८ मा घटनाको सूचना आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अर्यालको परिवारले रुसी सेनामा भर्ती भएपछी पनि निरन्तर सम्पर्कमा रहिरहेको र घटना हुनु अघिल्लो दिनसम्म सम्पर्कमा रहेको जनाएको छ ।
रुसी सेनामा भर्ती भएका स्याङ्जा पुतलीबजार नगरपालिका-५ का पितम कार्कीले समेत केही समय अगाडि मात्र रुसमा युद्धकै क्रममा ज्यान गुमाएका थिए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?