जाजरकोट : चिसोका कारण जाजरकोटमा एक भूकम्प पीडितको मृत्यु भएको छ ।
भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।
पालको बसाइँले बिरामी भएपछि कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । कडा निमोनियाँ देखिएपछि त्यहाँबाट थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
यो सँगै भूकम्पपछि चिसोका कारण जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ गरी ३६ जनाको मृत्यु भैसकेको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?