काठमाडौं : नेपाल एपीएफ क्लबले नेपाली राष्ट्रिय क्रिकेट टिमका वर्तमान कप्तान रोहितकुमार पौडेल र पूर्व कप्तान ज्ञानेन्द्र मल्लाई अनुबन्ध गरेको छ ।
शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै एपीएफले रोहित र ज्ञानेन्द्रलाई अनुबन्ध गरेको हो ।
यसअघि त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका रोहितले अब एपीएफ क्लबको कप्तानी गर्ने छन् ।
नेपाल एपीएफ क्लबका खेल व्यवस्थापक विजय केसीका अनुसार क्लबले पूर्व कप्तान ज्ञानेन्द्रलाई प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ ।
एपीएफले प्रधानमन्त्री कपको पहिलो खेल आइतबार बागमती प्रदेश विरुद्ध खेल्नेछ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?