म जति सफल हुनुपर्ने हो, अझै भएको छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सोचेअनुरूप सफल हुन नसकेको स्वीकार गरेका छन् ।

आइतबार माघी पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले आफू सोचेजस्तो सफल हुन अझै नसकेको बताएका हुन् ।

उनले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताए । उनले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति बनाउने  मागप्रति आफू सहमत रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने प्रतिबद्धता  जनाए ।

“म जति सफल हुनुपर्ने हो, अझै भएको छैन । यो कुरा साँचो हो । मैले पूर्वलाई किराँत प्रदेश बनाउनुपर्छ भनेर अन्तिमसम्म प्रयास गरेकै हो । मैले निर्वाचनको क्रममा पनि किराँत भनेको एउटा जातिको मात्रै कुरा होइन । एउटा इतिहास, सभ्यता र संस्कृतिको कुरा हो भनेकै थिए । तर दुर्भाग्य हामो पार्टी निर्णय गर्नै हैसियतमा चुनावबाट आउन सकेन,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?