मुख्यमन्त्रीले गरे गैंडाकोटको जयश्री खोलामा बनेको पक्की पुलको उद्घाटन

गैंडाकोट : गैंडाकोट नगरपालिकाको जयश्री खोलामा पक्की पुल निर्माण भएको छ ।

५ करोड ४१ लाखको लागतमा निर्माण गरिएको पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बिहीबार एक समारोहबीच उद्घाटन गरेका छन् ।

नवनिर्मित पुलले गैडाकोट नगरपालिका वडा नम्बर ३ को तात्रिबास र वडा नम्बर ४ को गाउँलाई जोडेको छ ।

मुख्यमन्त्री पाण्डेले गैडाकोट नगरपालिका वडा नम्बर ३ को केलादी जोड्ने जुक्तिखोलामा बिहीबार नै नयाँ पुलको शिलान्यास पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?