दमौली : । तनहुँ उद्योग वाणिज्य संघको कोषाध्यक्षमा भिमलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
संघको कोषाध्यक्ष पदका लागि भिमलाल सँगै राजेश श्रेष्ठ र प्रकाश हड्खले काे उम्मेदवारी परेकाेमा राजेश र प्रकाशले उम्मेदवारी फिर्ता लिए पछि भिमलाल सर्वसम्मत चयन भएकाे हो ।
यसअघि सङ्घको अध्यक्षमा वैकुण्ठनाथ मिश्र र वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल सर्वसम्मत निर्वाचित भएका थिए ।
प्रथम उपाध्यक्षमा कुमार मल्ल, सुरेश पुरी र राजकुमार श्रेष्ठ (राकु)को उम्मेदवारी परेको छ । त्यस्तै द्वितीय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, शिवओम मल्ल र शकुन्तला आलेको उम्मेदवारी परेको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?