दमौली बजारको फोहोर उठाउने सुदिपलाई काठमाडौंमा सम्मानित

दमौली : तनहुँको व्यास नगरपालिकाले नकुहिने फोहोर संकलन रोकेको समयमा दमौली बजारको व्यवस्थापनमा सक्रिय दमौलीका युवा सुदिप गफारलाई काठमाडौंमा  सम्मान गरेको छ ।

लियो कलब अफ ३२५ बी नेपालको दोस्रो जिल्ला बेठकका क्रममा दमौलीका युवा गफारलाई काठमाडौंमा सम्मानित गरेका हुन्  ।

लियो क्लब अफ तनहुँका पूर्व अध्यक्षसमेत रहेका उनलाई एक साता बढीसम्म सडकमा फालिएका फोहोरलाई प्लाष्टिकमा व्यवस्थापन गरेका गरेको भन्दै  सम्मनित भएको जनाएको छ ।

गत माघ २ गतेदेखि नउठाएको फोहर शुक्रवार देखि नियमित रुपमा उठाउन थालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?