काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले २०५८ जेठ १९ मा घटेको विनासकारी घटनाको स्मरण गर्दै त्यसबेला आफू र आफ्नो परिवारप्रति नकारात्मक धारणा फैलाइएको बताएका छन् ।
वीरगन्जमा शनिबार भएको कार्यक्रममा उनले गरेको सम्बोधनमा भनेका छन्, “जेठ १९, २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थिए । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए । सत्य सधैँ सच्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकीरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।”
उनले २०६५ जेठ २९मा दरबार त्याग गर्ने बेलामा पनि आफू नेपालभित्रै बसेर मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान गर्न चाहेको बताएको स्मरण गरेका छन् ।
उनले आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता तथा देश र जनताको उत्थानमा कृयाशील हुने भावनालाई मैले आज पनि सान्दर्भिक रुपमा सम्झिइरहेको बताउँदै भनेका छन्, “त्यसै आसयअनुरुप मैले चिरकाल प्रर्यन्त सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिएँ ।”









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?