गायिका रचना रिमाल सवार गाडी दुर्घटना

दाङ :  गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ।

नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा बाँकेको सिक्टा नजिकै बा प्र ०३।०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको रिमालसंगै रहेका पत्रकार शिवु खनालले जानकारी दिए।

आज अपरान्ह पौने ५ बजेको समयमा पुर्व बाट पश्चिम तर्फ गैरहेको ट्रकले ठक्कर दिएको थियो ।

गायिका रिमाललाई केही नभएको र आफुलाई घुँडामा समान्य चोट लागेको खनालले बताए । गाडीमा रिमाल सहित तीन जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?