सरकारको जजमान मात्र गर्ने भए सरकारी मिडियाको अस्तित्व संकटमा पर्छ : प्रदीप पौडेल

काठमाडौं : सांसद प्रदीप पौडेलले सरकारी मिडियाले सरकारको जजमान मात्र गर्ने भए अस्तित्व संकटमा आउने बताएका छन् । उनले सञ्चारको चौतर्फी विकास गर्ने भए मिडिया सरकारको नियन्त्रण बाहिर ल्याउनुपर्ने बताएका छन् ।

सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथि संशोधन राख्दै उनले विधेयक वर्तमान आवश्यकताअनुसार नआएको बताए । साथै उनले विधेयकले परम्परागत मिडियालाई मात्र अघि बढाएको बताए । प्रसारण विधेयकले डिजिटल मिडियालाई समेट्न नसकेको उल्लेख गरे ।

“डिजिटलाइजेसनको कुरा नसमेटेर परम्परागत विषय मात्र समेटेको देखियो । यो विधेयक रिराइट गरौँ,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?