चिनियाँ पर्यटक ठमेलमा मृत फेला

काठमाडौं : काठमाडौँको ठमेलमा सुतिरहेकै अवस्थामा एक पर्यटक शनिबार साँझ मृत फेला परेका छन् । मृत्यु हुनेमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ रहेको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

प्रहरी उपरीक्षक ढुंगेलका अनुसार, ग्वाङ यही माघ १० गतेदेखि ठमेलको नेपालय होम होस्टेलमा बस्दै आएका थिए । निजलाई कोठमा सुतिरहेको अवस्थामा मृत फेला परिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

शव परीक्षणका निम्ति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको ढुंगेलले जानकारी दिए ।

घटनास्थलमा कुनै प्रमाण फेला नपरेकाले मृत्युको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?