१४ वर्षकी नाबालिकालाई जबर्जस्ती गरेको आरोपमा ५५ वर्षका मीनबहादुर पक्राउ

गोरखा : जिल्ला प्रहरी कार्यालय गोरखाले एक नाबालिकालाई जबरजस्ती करणी गर्ने पुरूषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको शहीदलखन गाउँपालिका वडा नं. ६, ज्यामीस्वाँराका ५५ वर्षीय मीनबहादुर थापा रहेका छन् ।

गोरखा प्रहरीका अनुसार थापाले माघ १९ गते शुक्रबार बिहान ११ः३० बजे १४ वर्षकी नाबालिकालाई आफ्नै घरमा ललाइफकाई जबरजस्ती करणी गरेका थिए ।

उनकी आमाले नाबालिकामाथि करणी भएको भन्दै जाहेरी दिएपछि अभियुक्त थापालाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थापाविरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?