काठमाडौं महानगरले माग्यो सातौँ र आठौँ तहमा दरखास्त

काठमाडौं महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ । रिक्त रहेका यी पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।

महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त सात दिनभित्र पेस गर्नुपर्ने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?