दमौली : मानपुर–डेढगाउँ–बुलिङटार सडक १५ दिन अवरुद्ध हुने भएको छ। सडक कालोपत्रे गर्नको लागि फागुन ७ गते देखि २२ गतेसम्म बन्द हुने पूर्वा विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।
मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रे हुन लागेको कार्यलय प्रमुख आचार्यले बताए।
गण्डकी प्रदेश सरकारले गौरवको योजनाका रूपमा सूचीकृत यस आयोजनाको घिरिङ गाउँपालिकाको मानपुरबाट कालोपत्रे सुरु गरिने कार्यालयले जनाएको छ।
सडक बन्द हुने समय अवधिभर वैकल्पिक सडक प्रयोग गर्न कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?