दमौली : लियो क्लव अफ तनहुँको सक्रियतामा जिल्ला कारागार कार्यालयलाई पुस्तक हस्तान्तरण गरिएको छ। मंगलवार वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रकाशनद्वारा प्रकाशित पुस्तक कार्यालयको पुस्तकालयलाई हस्तान्तरण गरिएको हो।
व्यास नगरपालिका-३ का वडाध्यक्ष अनुप रानाले कारागारका प्रमुख नारायण अधिकारीलाई एक सय ५० भन्दा बढी थान पुस्तक हस्तान्तरण गरेको क्लवका सचिव मुकेश बिडारीले जानकारी दिए ।
सङ्ख्यात्मकभन्दा पनि गुणात्मक किसिमका पुस्तकहरु वितरण गर्न सकिए त्यसले सार्थकता पाउन सक्ने वडाध्यक्ष अनुप रानाले बताए ।
कारागारमा रहेका कैदीबन्दीहरुको ज्ञान, चेतना र सिर्जना फैलाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकाले यसको पूर्णरुपमा उपयोग गरी ज्ञानबद्र्धक बनाउन सफलता मिल्ने क्लबकी अध्यक्ष वसन्ती थापा बताइन ।
कारागारलाई सुधार गृहसँगै सिकाइको थलो बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताइएको छ। कार्यक्रममा वक्ताले कारागारलाई सिकाइको थलो बनाउन आवश्यक रहेकामा जोड दिएका थिए।
कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एल नेपालका सिनियर एओजी प्रताप गुरुङ, रिजन कोर्डिनेटर लायन कृष्णहरि गैर्हे, लायन्स तनहुँ सत्यवतीकी प्रथम उपाध्यक्ष पबित्रा खनाल,लियो जिल्ला परिषद् ३२५एल नेपालका सविव सुनिल मिश्र, रिजन धौलागिरीका कोर्डिनेटर लियो महम्मद गफ्फर, लियो क्लब अफ तनहुँका पुर्व अध्यक्ष लियो युवराज भण्डारी लगायतको उपस्थिति रहेको थियो।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?