देवघाटमा दीप प्रज्वलन गरि मनाइयो प्रजातन्त्र दिवस

दमौली : तनहुँको देवघाटमा दीप प्रज्वलन गरि प्रजातन्त्र दिवस मनाइएको छ । देवघाटधाम जेसीज र लियो क्लव अफ देवघाट चौतारीको संयुुक्त आयोजनामा सोमबार प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन गरि मनाइएको हो ।

हरेक वर्ष जस्तै यस वर्ष पनि देवघाट गाउँपालिकाको परिसरमा दीप प्रज्वलन गरिएको लियो क्लव अफ देवघाट चौतारीका अध्यक्ष लियो रक्षा कार्की एवं देवघाटधाम जेसीज वर्ष-२०२४ का उपाध्यक्ष जेसी रक्षा कार्कीले बताइन् ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले प्रजातन्त्र दिवसको दिन गाउँपालिकाको परिसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएकोमा आयोजक टिमलाई धन्यवाद व्यक्त गरे।  अध्यक्ष थापाले देवघाटको हरेक क्षेत्रमा जेसीज र लियोको सकृयता देखेर खुसी व्यक्त गर्दै आवश्यक परेको खण्डमा गाउँपालिकाले सकेको सहयोग गर्ने प्रतिवद्वता जनाए ।

देवघाटधाम जेसीज वर्ष २०२४ का निर्देशक तथा कार्यक्रम संयोजक प्रद्युम्न प्याकुरेल , देवघाटधाम जेसीज वर्ष-२०२४ का अध्यक्ष जेसी रघु मल्ल, देवघाटधाम जेसीज वर्ष-२०२४ का महासचिव जेसी प्रसन्न ढकाल, देवघाट गाउँपालिकाका कार्यक्रम संयोजक कृष्ण राज पन्त लगायत सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?