प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जना पक्राउ

काठमाडौं : प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जना पक्राउ परेका छन्। डेपुटी सिइओ मनोज न्यौपाने, पूर्वसिइओ तुलसीराम गौतमसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले उनीहरूलाई बैकिङ्ग कसुरमा पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सिआइबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो।

एआइजी किरण बज्रचार्यले मंगलबार १० जनालाई पक्राउ गरिएको जानकारी दिइन्। काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको हो।

सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरूमाथि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?