दमौली : देशका केही स्थानमा आज सोमबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।
अहिले देशभर आंशिक देखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन चट्टयाङ्गसहित हल्का वर्षा भईरहेको छ।
सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका पहाडी भुभागका एक-दुई स्थानमा मेघगर्जन चट्टयाङ्गसहित हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, राती कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?