सत्यवतीमा जोशी परिवारद्धारा बुबाको स्मृतिमा तीन लाखको अक्षयकोष स्थापना

दमौली : स्वर्गिय मोतीकुमार जोशीको स्मृतिमा उहाँको परिवारद्धारा तीन लाख भन्दा बढीको अक्षयकोष स्थापना गरिएको छ ।

व्यास नगरपालिका–२ सुनचाँदी लाइन निवासी स्वर्गिय जोशीको परिवारहरु सन्तुमाया जोशी, सूर्यकुमार जोशी, शिवकुमार जोशी, कृष्णकुमार जोशी, बेलु श्रेष्ठ, नविना श्रेष्ठ र रविना श्रेष्ठले दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा अक्षयकोषको लागि रकम प्रदान गर्नु भएको हो ।

स्वर्गिय जोशीको धर्मपत्नी सन्तुमाया जोशीले विद्यालयको प्रधानाध्यापक पुष्पकला भट्टराई, शिक्षक अभिभावक सङ्घको अध्यक्ष सोमराज सिग्देललाई सोमबार विद्यालयमा तीन लाख एक हजार एक रुपियाँको चेक हस्तान्तरण गरे ।

दलित, जनजाती, पिछडिएका समुह, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न रकम प्रदान गरिएको सन्तुमायाले बताए । मोतीकुमार जोशी स्मृति कोषबाट प्राप्तहुने व्याज रकमबाट छात्रवृत्ति प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?