त्रिशूली नदीमा बस खस्दा चारजनाको मृत्यु

काठमाडौं : त्रिशूली नदीमा बस खस्दा चारजनाको मृत्यु भएको छ । ३३ जनाको जिवितै उद्धार गरिएको छ ।

धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशूली नदीमा खस्दा उक्त हताहत भएको हो ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ ।

उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?