दमौली : तनहुको देवघाट गाउँपालिका–५ त्रिशुली र कालीगण्डकी नदीको संगमस्थलमा नुहाउने क्रममा सोमबार एक बृद्व बेपत्ता भएका छन् ।
बेपत्ता भएका व्यक्तिको नामथर र वतन भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पहेलो कुर्था, पहेलो कछाड,पहेलो आस्कोट,सेतो चप्पल र लठ्ठी नदीको संगमस्थलमा भेटिएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
बेपत्ता भएका व्यक्तिको खोजतलास गरिएपनि फेला पार्न नसकिएको उनले बताए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?