दमौली : व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषको अध्यक्षमा प्रेमप्रकाश भट्टराई निर्वाचित भएका छन् ।
मंगलवार भएको कोषको दोस्रो अधिवेशनबाट भट्टराईको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।
त्यस्तै कोषको उपाध्यक्षमा विणा कैनी, मंगलप्रसाद श्रेष्ठ, महासचिवमा विष्णुभक्त सिग्देल, सचिवमा ऋषिराम ढुँगाना(सेवक), मदन प्रसाद पण्डित, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरुमा बाबुराम बगाले दुर्गाभक्त अधिकारी, सावित्री देवी अधिकारी, अर्जुन गिरी, कुल बहादुर थापा र गौरी थापा गोदार चयन छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?